तीन सयले बढ्यो सुनको मूल्य
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं, असाेज १७ : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ बढेको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्यमा तोलामा ३० रुपैयाँले घटेर चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
प्रकाशित मिति: १३:१३ बजे, बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












