Kathmandu Press

योगेन्द्र स्मृति कप तयारी अन्तिम चरणमा

प्रतियोगिताको विजेताले एक लाख, दोस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने उनले जानकारी दिए।
योगेन्द्र स्मृति कप तयारी अन्तिम चरणमा

काभ्रे, असोज १६ : पनौती नगरपालिकामा सञ्चालन हुने नकआउट फुटबल प्रतियोगिता ‘योगेन्द्र स्मृति कप’को तयारी अन्तिम चरणमा पुगेको छ।

पनौतीका फुटबलर योगेन्द्र तामाङको स्मृतिमा आयोजना हुने प्रतियोगिता क्षेत्रीय रंगशाला पनौतीमा हुनेछ। सरस्वती बोइज क्लबले आयोजना गर्न लागेको प्रतियोगिता असोज २० गतेदेखि कातिक ३ गतेसम्म हुनेछ।

प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका गरी २२ टिमले सहभागीता जनाउने आयोजकका सरस्वती बोइज क्लबका सदस्य प्रतीक महतले जानकारी दिए।

385531091_1048334656522643_5223978472546203498_n1696341828.jpg

प्रतियोगिताको विजेताले एक लाख, दोस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने उनले जानकारी दिए। व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।

काभ्रेमा स्तरीय खेलाडी उत्पादन गर्ने लक्ष्यका प्रतियोगिता आयोजना लागिएको उनले बताए ।

प्रतियोगिताको अनुमानित लागत ११ लाख छ। प्रतियोगिताका लागि पनौती नगरपालिकाका साथै अन्य पालिकाहरुले सहयोग गरेका छन्।

 

प्रकाशित मिति: १९:४७ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्