Kathmandu Press

अढाई महिनामा १ खर्ब ६८ अर्ब ९१ करोड राजश्व संकलन

वर्तमान अर्थतन्त्रको अवस्थाको विषयमा जानकारी दिँदै अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले वार्षिक लक्ष्य १४ खर्ब २२ अर्ब ५४ करोडको तुलनामा ११.८७ प्रतिशत राजश्व संकलन भएको जानकारी दिए।
अढाई महिनामा १ खर्ब ६८ अर्ब ९१ करोड राजश्व संकलन

काठमाडौं, असोज १६ : चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजश्व संकलन गरेकाे अर्थमन्त्रलायले जनाएको छ।

मंगलबार अर्थसमिति बैठकमा वर्तमान अर्थतन्त्रको अवस्थाको विषयमा जानकारी दिँदै अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले वार्षिक लक्ष्य १४ खर्ब २२ अर्ब ५४ करोडको तुलनामा ११.८७ प्रतिशत राजश्व संकलन भएको जानकारी दिए।

सरकारको चालु आर्थिक वर्षको चालु खर्च १ खर्ब ४२ अर्ब ६३ करोड, पुँजीगत खर्च १० अर्ब ८३ करोड र वित्तिय व्यवस्था ३७ अर्ब ४२ करोड रहेको पनि उनले बताए।

यसैगरी आर्थिक वर्षको भाद्रसम्म उद्योगबाट १४ अर्ब ६५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको समेत मन्त्रालयले जनाएको छ । उद्योग विभागबाट ४ खर्ब ६४ अर्ब ६२ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ।

अर्थ मन्त्रालयले लगानी बोर्डबाट ४२ परियोजनाको लागि १२ खर्ब ५० अर्ब बराबरको लगानी स्वीकृत भएको जानकारी पनि समितिलाई गराएको छ। मन्त्रालयले समितिलाई दिएको जानकारी अनुसार चालु खर्च र पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ ४७.४ प्रतिशतले खर्च वृद्धि भएको छ। सरकारको कुल खर्च १ खर्ब ९० अर्ब ८८ करोड रुपैयाँ रहेको छ।

आन्तरिक ऋणतर्फ ७७ अर्ब १३ करोड र वाह्य ऋणतर्फ ४ अर्ब ९७ गरी जम्मा ६९ अर्ब १८ करोड सार्वजनिक ऋण परिचालन भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को भाद्र महिनासम्म १० अर्ब ६३ करोड बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ।

चालु आर्थिक वर्षको साउन महिनामा २ अर्ब ६५ करोड बराबरको वैदेशिक लगानी भित्रिएको छ। गत आर्थिक वर्षको साउन महिनामा यस्तो लगानी ४१ करोड मात्रै थियो।

सन् २०२३ को अगष्टसम्म आठ महिनाको अवधिमा नेपाल भित्रिने पर्यटकको संख्या सन् २०२२ को सोही अवधिको तुलनामा ८४ प्रतिशतले वृद्धि भई ६ लाख १ हजार ३ सय ६० पुगेको छ।

 

प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्