पुल्चोक क्यम्पसमा नेविसंघको अनशन
ललितपुर, फागुन १३ : नेपाल विद्यार्थी संघ, पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले भौतिक तथा शैक्षिक सुधारका माग राख्दै रिले अनशन थालेका छन्।
....
ललितपुर, फागुन १३ : नेपाल विद्यार्थी संघ, पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले भौतिक तथा शैक्षिक सुधारका माग राख्दै रिले अनशन थालेका छन्।
भौतिक तथा शैक्षिक सुधारका २३ बुँदे मागसहित क्यम्पस प्रशासनलाई माघ १ गते ज्ञापनपत्र बुझाएपनि प्रशासनले सुनुवाई नगरेपछि अनसन बस्नु परेको उनीहरूले बताएका छन्।
नेपाल विद्यार्थी संघ पुल्चोक इन्जिनियरिङ क्याम्पस एकाइको आयोजनामा आइतबारदेखि रिले अनसन सुरू भएको संघका महामन्त्री दीपक भट्टराईले बताए। उनले पनि अनशन बसेका विद्यार्थीको मागप्रति एक्यवद्धता जनाएका छन्।
विद्यार्थीले पाठ्यक्रम परिमार्जन हुनुपर्ने, जीर्ण रहेका भवनहरुको पुर्ननिर्माण हुनुपर्ने, अनुसन्धनात्मक शिक्षालाई जोड दिनुपर्नेलगायतका माग राखेका छन्।