Kathmandu Press

मापदण्ड अनुसार काम नभएको छानविन समितिको निश्कर्ष

काठमाडौं, फागुन १३ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन भित्रका पसल अन्तराष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) को सुरक्षा मापदण्ड अनुसार ....

मापदण्ड अनुसार काम नभएको छानविन समितिको निश्कर्ष

काठमाडौं, फागुन १३ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन भित्रका पसल अन्तराष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) को सुरक्षा मापदण्ड अनुसार सञ्चालित नभएको पाइएको छ । गत माघ २७ गते विमानस्थलको यात्रु प्रस्थान नजिकैको कफी शपमा आगलागी भएपछि गठित छानविन समितिले उक्त निश्कर्ष निकालेको हो।

कफी शपमा गम्भीर लापरवाहीको कारण आगलागी भएको हो । आग्लागी हुने वितिकै तत्काल आगो निभाउने कुनै उपकरण नभएको कारण आगो फैलिएको छानविन समितिले मंगलबार पर्यटन सचिवलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ। 

आगलागीपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले तीन सदस्यीय छानविन समिति गठन गरेर अनुसन्धान थालेको थियो। मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा गठित समितिले मंगलबार पर्यटन सचिव केदारबहादुर अधिकारीलाई प्रतिवेदन बुझाएको छ। 

‘विमानस्थलमा सञ्चालन हुने पसलमा अग्नि नियन्त्रण उपकरण राख्नुपर्छ, तर छानविनका क्रममा त्यो भेटिएन', अध्यागमन क्लियर भएका यात्रु जहाज चढ्न पर्खेर बस्ने ठाउँसँगै जोडिएको पसलमा सुरक्षा मापदण्ड पुरा नभएको पाइएको समितिका संयोजक आचार्यले बताए ।

समितिले एयर कन्डिसन र फ्रिज सँगसँगै राखेको, त्यसको तार तथा विद्युत आपूर्तिबारे वर्षौँसम्म वास्ता नगरेको र त्यसको पछाडि फोहोर थुपार्दा पग्लिएको तारमा करेन्ट सर्ट भई आगलागी भएको ठहर गरेको छ। त्यस्तै विमानस्थल कार्यालयले कुनै अनुगमन तथा नियमन नगर्नाले विमानस्थलको सुरक्षामा चुनौती सिर्जना भएको समितिको ठहर छ।

समितिले उक्त कफी शप तत्काल हटाउन सिफारिस गरेको छ । समितिले दिएको सिफारिसको आधारमा मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनेछ।
 

प्रकाशित मिति: १५:४५ बजे, मंगलबार, फागुन १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्