Kathmandu Press

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले सुधार हुने विश्व बैंकको प्रक्षेपण

नेपालको अर्थतन्त्रको वृद्धिदरका कारणमा आयात प्रतिबन्ध हटाइनु, पर्यटनमा उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायत बिषय औंल्याएको छ।
नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले सुधार हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, असोज १६ : विश्व बैंकले आर्थिक वर्ष २०२४मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले सुधार हुने प्रक्षेपण गरेको छ।

मंगलबार सार्वजनिक ‘नेपाल विकास अपडेट : निर्यातको प्रतिस्पर्धात्मकता पुनस्र्थापना’ अनुसार आव २०२५ सम्ममा नेपालको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अनुमान छ।

Hardik ivf

यसअघि गत आव २०२३ मा विश्व बैंकले १.९ प्रतिशतको वृद्धि अनुमान गरेको थियो। नेपालको अर्थतन्त्रको वृद्धिदरका कारणमा आयात प्रतिबन्ध हटाइनु, पर्यटनमा उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायत बिषय औंल्याएको छ।

प्रतिवेदन अनुसार गत वर्ष २०२३ मा राष्ट्रको कुल गार्हस्थ्य उत्पादनको ६.९ प्रतिशत मात्रै कूल निर्यात रहेको थियो। नेपालको निर्यात न्यून हुनुमा विद्यमान निम्न श्रम उत्पादकता र विनिमय दरमा रहेको सही अभिमूल्यन लगायतका कारकहरू रहेको प्रतिवेदनमा उल्लेख छ।

विश्व बैंकको प्रतिवेदनले समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकताको गिरावटबाट पनि नेपाल प्रभावित रहेको तथ्य औंल्याएको छ।

प्रतिवेदनले भारतको आर्थिक वृद्धिदर ६.३ प्रतिशत, माल्दिभ्सको ५.६ प्रतिशत, बंगलादेशको ५.६ प्रतिशत, भुटानको ४.० प्रतिशत, नेपालको ३.९ प्रतिशत, श्रीलंकाको १.७ प्रतिशत र पाकिस्तानको १.७ प्रतिशत हुने औंल्याएको छ।

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्