प्रतितोला १३ सय घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ छ।
काठमाडौं, असोज १६ : केही दिनयता सुनको मूल्यमा निरन्तरण गिरावट आइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ छ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९ स र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्यमा समेत गिरावट आएको छ । आज तोलामा ३० रुपैयाँले मूल्य घटेर प्रतितोला १३ सय १० रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ४० रुपैयाँ कायम थियो।
प्रकाशित मिति: ११:५२ बजे, मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












