Kathmandu Press

अष्ट्रेलियामा अलपत्र विद्यार्थीलाई उद्धार गर्न कांग्रेसको आग्रह

काठमाडौं, फागुन ८ : अष्ट्रेलियमा अलपत्र परेका विद्यार्थीलाई तत्काल उद्धार गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

बुधबार कांग्रेस प्....

अष्ट्रेलियामा अलपत्र विद्यार्थीलाई उद्धार गर्न कांग्रेसको आग्रह

काठमाडौं, फागुन ८ : अष्ट्रेलियमा अलपत्र परेका विद्यार्थीलाई तत्काल उद्धार गर्न नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

बुधबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ती जारी गरि अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न सरकारलाई आग्रह गरेको हो ।

“हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धनबेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्योलमा पु¥याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थीसमेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावकसँगै हामीलाई पनि मर्माहत तुल्याएको छ” विज्ञप्तिमा उल्लेख छ ।

दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने परामर्शदाताबारे आवश्यक विवरण सङ्कलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन समेत काङ्ग्रेसले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: १३:२६ बजे, बुधबार, फागुन ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्