Kathmandu Press

‘संविधान दोबाटोको मादल होइन, जसले जति बेला पनि बजाओस्’

काठमाडौं, फागुन १३ : नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने प्रयास भएको भन्दै संसदमा विरोध भएको छ।

मंगलबारक....

‘संविधान दोबाटोको मादल होइन, जसले जति बेला पनि बजाओस्’

काठमाडौं, फागुन १३ : नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने प्रयास भएको भन्दै संसदमा विरोध भएको छ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद तेजुलाल चौधरीले संविधान जनताको हितमा नभइ प्रधानमन्त्री केपी ओलीका आसेपासेको हितमा संशोधन गर्न लागिएको आरोप लगाउँदै विरोध जनाए।

‘संविधान दोबाटोको मादल होइन, जसले जति बेला पनि बजाओस्। संविधान जनताको हितमा होइन, आसेपासेको अनुकुल संशोधन गर्ने प्रयास गर्नुभएको बधाई दिन चाहान्छु,’ उनले भने।

उनले भ्रष्टाचारको काण्डले नैतिकता र इज्जतको धज्जी उडेकोवेला ओलीले चार हेलिकप्टरमा लस्कर लागेर तेह्रथुम पुगेर नेपालको नक्सा अंकित केक काटेकोमा भन्दै उनले विरोध जनाए।

प्रकाशित मिति: १४:०४ बजे, मंगलबार, फागुन १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्