Kathmandu Press

मेक्सिकोमा गिर्जाघर भत्किँदा सातको मृत्यु

मेक्सिकोमा गिर्जाघर भत्किँदा सातको मृत्यु

मेक्सिको, असोज १५ : उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक गिर्जाघरको छाना भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। 

राज्यका सार्वजनिक सुरक्षा प्रवक्ता जर्ज कुएलरले कम्तीमा सात जानको मृत्यु भएको पुष्टि गरे। 

उनका अनुसार भग्नावशेषबाट हालसम्म १० जनाको उद्धार गरिसकिएको छ। उद्धारकार्य जारी छ।
       
मदेरो शहरको सान्ता क्रुज गिर्जाघर भत्किनुको कारण संरचनागत कमजोरी हुन सक्ने कुएलरले बताए। 

तामाउलिपासका गभर्नर अमेरिको भिल्लारियलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति: १५:४४ बजे, सोमबार, असोज १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्