Kathmandu Press

आइएमई पेको ‘डिजिटल दसैँ तिहार’ अफर

उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न कारोबारको लागि क्यास ब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन्।
आइएमई पेको ‘डिजिटल दसैँ तिहार’ अफर

काठमाडौं, असाेज १५ : नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे ले’ ‘आइएमई पे डिजिटल दसैँ तिहार’ अफर ल्याएको छ।

कम्पनीका अनुसार नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यो अफर ल्याइएको हो। असोज १४ गतेदेखि सुरु भएको अफर मंसिर ३ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ।

उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरूले  विभिन्न कारोबारको लागि क्यास ब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफ स्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन्। अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार रुपैयाँ बराबरको सपिङ गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नेछन्।

 

प्रकाशित मिति: १२:०९ बजे, सोमबार, असोज १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्