श्रीमतीलाई एसिड हान्दा सालीमा आखाँमा पर्याे
काठमाडौं, फागुन १३ : काठमाडौंको बाफलमा आइतबार राति श्रीमानले श्रीमतीमाथि एसिड आक्रमण गरेका छन् । तर एसिड सालीको आँखामा परेको छ।
श्रीमान शिव ....

काठमाडौं, फागुन १३ : काठमाडौंको बाफलमा आइतबार राति श्रीमानले श्रीमतीमाथि एसिड आक्रमण गरेका छन् । तर एसिड सालीको आँखामा परेको छ।
श्रीमान शिव रम्तेल र उनकी श्रीमती सुनिताबीच भएको झगडाको क्रममा शिवले शौचालयमा प्रयोग गर्ने फिनायल एसिड भएको बोत्तल सुनितामाथि प्रहार गरेका थिए।
दिदीलाई एसिड प्रहार गर्दा प्रतिकार गर्ने क्रममा सुनिताकी बहिनी विमला नेपालीको आँखामा एसिड परेको छ। उनको दुवै आँखामा एसिडको छिटा परेको प्रहरीले जनाएको छ।
घटनापछि शहिद मेमोरियल अस्पताल कलंकीमा प्राथमिक उपचार गरी उनलाई त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा रेफर गरिएको छ। विमलाको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीले शिवलाई पक्राउ गरेको छ।