स्मृति दिवस मनाउने रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको तयारी
पोखरा, फागुन १३ : तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको दुर्घटनामा मृृत्यु भएको यही फागुन १५ गते एक वर्ष पुग्दैछ । यस सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानल....

पोखरा, फागुन १३ : तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको दुर्घटनामा मृृत्यु भएको यही फागुन १५ गते एक वर्ष पुग्दैछ । यस सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले उनको योगदानलाई स्मरण गर्दै विविध कार्यक्रमका साथ वार्षिक स्मृति दिवस मनाउने भएको छ।
प्रतिष्ठानले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर सो विषयका बारेमा जानकारी गराएको हो । स्मृति दिवसका अवसरमा फागुन १० गते कलाकारद्वार क्यानभासमा रवीन्द्र अधिकारी कार्यक्रम सम्पन्न गरिसकेको प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए।
यसैगरी देशभरका स्नातक र स्नाकोत्तर तहका विद्यार्थी सहभागी हुने गरी ‘नेपाली राजनीति, युवा र रवीन्द्र अधिकारी’ शीर्षकमा निबन्ध प्रतियोगितासमेत सम्पन्न भएको छ । उक्त कार्यक्रममा विजेताको नामसहित पुरस्कार सोही दिन प्रदान गरिने आचार्यले बताए । सोही दिन पोखराको शहीद तथा विभूति पार्कमा रवीन्द्र अधिकारीको पूर्णकदको सालिकको अनावरण गर्ने कार्यक्रमसमेत तय भएको छ।
कार्यक्रममा प्रधानमन्त्रीलगायतका विशिष्ट व्यक्तित्वले रवीन्द्र अधिकारीका बारेमा सम्बोधन गर्न कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । फागुन १६ गते ‘समाजमा रुपान्तरणमा रवीन्द्र अधिकारी’ विषयक कार्यशाला गोष्ठीकोसमेत आयोजना गरिएको छ।
रवीन्द्र पत्नी एवं प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले प्रतिष्ठानले राजनीतिभन्दा माथि रहेर रवीन्द्रलाई सम्झन चाहने सबैको साझा संस्थाका रुपमा रहको बताइन । उनले भनिन्, “यो दुःखद् समयको एक वर्ष पुग्यो, शोकलाई शक्तिमा बदलेर हामी उहाँलाई स्मरण गर्दैछौँ”, प्रतिष्ठानले रवीन्द्र अधिकारीले समाजमा पु¥याएको योगदानलाई चिरस्थायी बनाउने र उनले अवलम्बन गरेका विचार सिद्धान्तलाई स्थापित गर्दै जीवन्त राख्न सक्रिय रहने जनाएको छ।
रवीन्द्र अधिकारीको सकारात्मक र अविस्मरणीय कार्यलाई चिरस्थायी बनाउन गत जेठ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उक्त गैरनाफामूलक संस्थाका रुपमा प्रतिष्ठानको गठन भएको हो।











