चाडबाड केन्द्रित बजार अनुगमन तीव्र
उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवर्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।काठमाडौं, असोज १४ : सरकारले चाडबाड नजिकिएसँगै देशैभर बजार अनुगमनलाई तीव्रताका साथ अघि बढाएको छ। उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवर्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।
विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले साउन १ देखि अहिलेसम्म देशभर एक साथ संयुक्तरुपमा बजार अनुगमन जारी रहेको बताउनुभयो। उनका अनुसार यो समयमा एक हजार एक सय ४६ फार्ममा अनुगमन गर्दा कैफियत गर्नेबाट रु ९२ लाख २५ हजार जरिवाना तिराइएको छ।
त्यस्तै ३४ फार्मबाट रु एक करोड दुई लाख मूल्यका मालवस्तु नष्ट गरिएको पोखरेलले बताए। चाडपर्व लक्षित दैनिक ३५ टोलीबाट अनुगमन भइरहेको उनले बताए। आगामी हप्ताबाट थोक बिक्रेता, गोदाम र अधिक मूल्यवृद्धि भएका वस्तुहरुको अनुगमनलाई तीव्रता दिइने भएको छ। विभागबाट प्राप्त विवरणअनुसार एक हजार एक सय ४६ फार्ममा अनुगमन गरी तीन सय ४७ फार्मलाई जरिवाना लगाइएको छ।
कूल तीन सय ३२ फार्मलाई सुधारका लागि निर्देशन दिइएको छ भने जम्मा २६ फार्म मात्रै सामान्य अवस्थामा रहेको पाइएको छ। अनुगमनलाई चाडपर्व सकिएपछि पनि निरन्तरता दिने सोचमा रहेको विभागले जानकारी दिएको छ।