८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, असोज १४ : नेपाली बजारमा साताको पहिलो दिन आईतबार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा रहेको छ।
एक सातामा मात्रै सुनको मूल्य ४२ सय रुपैयाँले घटेको छ।
प्रकाशित मिति: १३:१३ बजे, आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












