Kathmandu Press

विवेकशील साझाका नेता–कार्यकर्ता प्रहरीको नियन्त्रणमा

काठमाडौं, फागुन ८ : विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क....

विवेकशील साझाका नेता–कार्यकर्ता प्रहरीको नियन्त्रणमा

काठमाडौं, फागुन ८ : विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गर्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले ३० भन्दा बढी नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको विवेकशील साझाले जनाएको छ ।

विवेकशील साझाकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं संयोजक अनुपा श्रेष्ठलगायत नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको विवेकशील साझाले जनाएको छ ।

भ्रष्टाचारीलाई कारवाही गर्न माग गर्दै विवेकशील साझाले प्रदर्शन गरेको हो ।

प्रकाशित मिति: १२:३१ बजे, बुधबार, फागुन ८, २०७५