Kathmandu Press

पाकिस्तान विष्फोट : सात जनाको मृत्यु

इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताएको छ। 
पाकिस्तान विष्फोट : सात जनाको मृत्यु

इस्लामाबाद, असाेज १२ : पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य २५ जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ।

इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताएको छ। 

बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन्। साथै उनीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्। 

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका  भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको  बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ। मास्तुङ जिल्लाका सहायक आयुक्तले आतङ्कवादीले उक्त विष्फोट गराएको बताएका छन्। 

प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, असोज १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्