Kathmandu Press

तन्दुरूस्तीका लागि ब्रेकफास्ट टन्नै र राति हल्का खानु उपयुक्त

शरीरको तौल कसरी घटाउने भनेर कसैलाई सोधे “हेभी ब्रेकफास्ट” र “लाइट डिनर” सबैको मुखमा हुने उत्तर हो।

पर्याप्त मात्रामा पानी पिउनु र निय....

तन्दुरूस्तीका लागि ब्रेकफास्ट टन्नै र राति हल्का खानु उपयुक्त

शरीरको तौल कसरी घटाउने भनेर कसैलाई सोधे “हेभी ब्रेकफास्ट” र “लाइट डिनर” सबैको मुखमा हुने उत्तर हो।

पर्याप्त मात्रामा पानी पिउनु र नियमित व्यायाम गर्नु पनि उत्तिकै महत्वपूर्ण छ। बिहानको खाजा टन्नै खाने र राति हल्का खाना खाए स्वास्थ्यलाई राम्रो हुने विज्ञानले पनि पुष्टि गरेको छ।

व्यक्तिलाई “फिट एन्ड फाइन” राख्नेबाहेक “लाइट डिनर” र “हेभी ब्रेकफास्ट”ले मोटोपन र सुगर पनि नियन्त्रण हुनसक्छ। जर्नल अफ क्लिनिकल एन्डोक्रिनोलोजी एन्ड मेटाबोलिजम अफ दि एन्डोक्रिन सोसाइटीले प्रकाशन गरेको अध्ययन प्रतिवेदनमा यस्तै उल्लेख गरिएको छ।

Hardik ivf

अनुसन्धाताका अनुसार व्यक्तिको “मेटाबोलिजम” “डाइट इन्ड्युस्ड थर्मोजिनेसिस” (डिआइटी) भनिने प्रक्रियाले मापन हुन्छ। यो खाना खाने समयको आधारमा भिन्न हुनसक्छ।

“जति क्यालोरी भए पनि बिहान खाएको खाजाले रातिको खानाभन्दा दोब्बर बढी डिआइटी हुने हाम्रो अध्ययनले देखाएको छ,” प्रमुख अनुसन्धाता जुलियान रिक्टरले भने।

अनुसन्धाताले १६ जना पुरूष सहभागी तीन दिने प्रयोगशाला अध्ययन गरे। उनीहरूले थोरै क्यालोरी भएको ब्रेकफास्ट र बढी क्यालोरी भएको डिनर खाए। दोस्रो चरणमा सहभागीले बढी क्यालोरी भएको ब्रेकफास्ट र थोरै क्यालोरी भएको डिनर खाए।

क्यालोरी धेरै र थोरै भएको खाना खाएपछि उस्तै क्यालोरी खपतले साँझको तुलनामा बिहानको डिआइटी साढे दुई गुणा बढाएको अनुसन्धानमा देखियो। डिनरको तुलनामा ब्रेकफास्ट खाएपछि खानाकै कारणले बढ्ने सुगर र इन्सुलिनको मात्रा पनि घटेको पाइयो।

थोरै क्यालोरी भएको ब्रेकफास्टले विशेषगरी मिठाइको भोक बढाउने पनि देखिएको छ।

“मोटोपन भएका हुन् वा स्वस्थ व्यक्ति, शरीरको तौल घटाउन र मेटाबोलिजमसम्बन्धी रोग लाग्न नदिन बिहानको खाजा धेरै खाने र रातिको खाना थोरै खानुपर्छ,” रिक्टरले भने।
 

प्रकाशित मिति: ०६:५८ बजे, मंगलबार, फागुन १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्