उपभोग नै नगरेको विद्युतको शुल्क तिर्न बाध्य गराउन हुँदैन : लिङदेन
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्ता समस्यालाई प्राथमिकतामा राखेर टुङगो लगाउन आवश्यक भएको बताए।
काठमाडौं, असाेज १० : सार्वजनिक लेखा समितिका सदस्य राजेन्द्र लिङदेनले उपभोग नै नगरेको विद्युतको शुल्क तिर्नु बाध्य गराउन नहुने बताएका छन्।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्ता समस्यालाई प्राथमिकतामा राखेर टुङगो लगाउन आवश्यक भएको बताए।
‘डेडिकेटेड लाइनको बारेमा राजस्व असुल्नै बाँकी छ भनिएको छ। त्यो असुली हुने हो कि होइन त्यो आफ्नो ठाउँमा छ तर त्यसलाई आम्दानी देखाएर प्राधिकरणलाई धेरै नाफामा गएको संस्थाको रुपमा स्थापित गरिएको छ,’ लिङदेनले भने, ‘सँगसँगै त्यो नआउने पैसाको कर समेत प्राधिकरणले तिरिरहेको छ। यसको टुङगो लगाउन जरुरी छ।’
प्रकाशित मिति: १७:३४ बजे, बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












