आर्थिक अनुशासन र वित्तीय जवाफदेहिताबारे समितिमा छलफल हुन्छ : सभापति पोखरेल
काठमाडौं, असाेज १० : सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले लेखा समितिमा प्राथमिकताका साथ राखेका कुराहरु नै आउने बैठकमा छलफलको विषय बन्ने बताएका छन्।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा उनले जनताले आर्थिक अनुशासन र वित्तीय जवाफदेहिताका विषयमा उठाएका प्रश्नहरु आफूहरुको ‘मसला’ भएको बताए।
‘माननीयज्युहरुले प्राथमिकताका साथ राखेका कुराहरु नै आउने बैठकमा छलफलको विषय बन्नेछ। सार्वजनिक सरोकारका विषयबस्तुहरुमा जनताले आर्थिक अनुशासन र वित्तीय जवाफदेहिताको विषयमा उठाएको प्रश्नहरु हाम्रा मसला हुन्।’
उनले उपसमितिले तत्काल काम सुरु गर्ने र त्यसको लागि सचिवालयले आवशयक व्यवस्थापन गर्ने कुरामा प्रतिबद्ध रहेको बताए। समितिको बैठकमा अनुपस्थिति वा काम गर्ने कुरामा कन्जुस्याई गर्न नहुने उनको भनाई छ।
प्रकाशित मिति: १७:३० बजे, बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकले दियो २० लाख रुपैयाँबुधबार, मंसिर १२, २०८१
नेप्से ३९ अंकले वृद्धि, ९ अर्ब बढिको कारोबार बुधबार, मंसिर १२, २०८१
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहणबुधबार, मंसिर १२, २०८१
एमसीसीअन्तर्गतकाे प्रसारणलाइन निर्माणका लागि पुनः बोलपत्र आह्वानबुधबार, मंसिर १२, २०८१