Kathmandu Press

कोरियामा रहेका नेपालीलाई देउवाको अपिल-कोरोनाविरूद्ध सुरक्षा सतर्कता अपनाउनू

काठमाडौं, फागुन १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको ‘कोरोना भाइरस’ सङ्क्रमण सुरक्षामा उच्च सर्तकता अपन....

कोरियामा रहेका नेपालीलाई देउवाको अपिल-कोरोनाविरूद्ध सुरक्षा सतर्कता अपनाउनू

काठमाडौं, फागुन १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको ‘कोरोना भाइरस’ सङ्क्रमण सुरक्षामा उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् ।

उनले नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली संघसंस्थालाई आपसी आवश्यक समन्वय गर्न अपिल गरेका हुन्। उनले सोमबार नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई पत्र पठाएर सम्पूर्ण नेपालीको सुरक्षामा उच्च सर्तकताका साथ आपसी भाइचारा अभिवृद्धि गर्दै एकताबद्ध ढङ्गले समन्वय गर्न अपिल गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणले अहिले विश्वका कयौँ मुलुक प्रभावित रहेका छन्। 

केही दिनयता दक्षिण कोरियामा कोरोना भाइरसबाट सयौँ सङ्क्रमित भएका र केहिको मृत्युसमेत भइसकेको विवरण सञ्चारमाध्यममार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीको सुरक्षा संंवेदनशीलताप्रति आफ्नो चासो बढेको उनले उल्लेख गरेका छन्। 

'नेपाल सरकार र नेपाली दूतावासमार्फत हुनसक्ने आवश्यक सजगताबारे हामी घच्घच्याइ रहेका छौँ, विशेष गरी सङ्क्रमण फैलिएको थेगु शहरमा रहेका नेपालीलाई तत्कालै युद्धस्तरमा सतर्क गराउन तथा कोरियाको अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न, अध्ययनरत विद्यार्थी एवम् श्रममा संलग्न सम्पूर्ण नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि अपिल गर्दछु' सभापति देउवाले पत्रमा उल्लेख गरेका छन्। 

यस क्षणमा नेपाली जनसम्पर्क समितिको भूमिका अझ बढी प्रभावकारी रहनु पर्ने अपेक्षा राख्दै उनले कोरियामा रहेका दर्जनौँ नेपाली सङ्घसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकतापूर्वक कार्य गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: १८:२० बजे, सोमबार, फागुन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्