Kathmandu Press

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु

काठमाडौं, असाेज १० : नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा फर्निचर एक्स्पो बुधबारबाट काठमाडौंमा भृकुटीमण्डपमा सुरु भएको छ।

असोज १४ गतेसम्म ५ दिन चल्ने एक्स्पोमा १०० भन्दा बढी स्टल छन्। जसमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिएको छ।

Hardik ivf

एक्स्पोको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे। सो क्रममा मन्त्री रिजालले फर्निचर निर्माण व्यवसायीको अरवौको लगानी हुँदा धेरै बस्तु बिदेशबाट आयात गर्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्नुपर्ने बताए।

उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गरि निर्यातमा ध्यान दिनुपर्ने जिकिर गरे। देशभित्रै प्रशस्त स्रोत हुँदा पनि विदेशबाट काठजन्य वस्तु आयात गर्नु सुखद विषय नभएको भन्दै उनले स्वदेशी काठको प्रयोगमा सहजीकरण गर्न सरकारले आवश्यक कदम चाल्ने जिकिर गरे।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिए। फर्निचर तथा फर्निसिङ क्षेत्रको प्रवर्धन तथा विकासका लागि संघले सन् २०१२ देखि एक्स्पो आयोजना गर्दै आएको छ।

प्रकाशित मिति: १४:५९ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्