आठ सय रुपैयाँले घट्यो सुनको मूल्य
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
काठमाडौं, असाेज १० : नेपाली बजारमा आज सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो दिन मङ्गलवार प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको तेजाबी आज १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ।
त्यसैगरी आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:३९ बजे, बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












