प्रदेश २ की राज्यमन्त्री झाको राजीनामा अस्वीकृत
जनकपुरधाम फागुन १२ : प्रदेश २ की भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पलकुमारी झाले दिएको राजीनामा अस्वीकृत भएको छ। राजीनामा अस्वीकृत भएपछि उनी मन्त्रालयम....

जनकपुरधाम फागुन १२ : प्रदेश २ की भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पलकुमारी झाले दिएको राजीनामा अस्वीकृत भएको छ। राजीनामा अस्वीकृत भएपछि उनी मन्त्रालयमा फर्किएकी छन्।
झाले प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिलामन्त्रीसँग असन्तुष्टि जनाउँदै माघ १४ मा राजीनामा दिएकी थिइन्। उनले डेढ वर्षदेखि निरन्तर प्रयत्न गर्दा पनि पदीय मर्यादा जोगाउन नसक्ने अवस्था आएपछि पापको भागिदार किन बन्ने भनेर राजीनामा दिएको बताएकी थिइन्।
तर पार्टीले राजीनामा अस्वीकृत गरेको भन्दै उनी मन्त्रालय फर्किएकी हुन् ।
प्रकाशित मिति: १७:३४ बजे, सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











