Kathmandu Press

दोस्रो ‘कर्णाली चलचित्र कार्यशाला’ हुँदै

दोस्रो ‘कर्णाली चलचित्र कार्यशाला’ हुँदै

काठमाडौँ, असोज ९ : कर्णालीमा दोस्रो ‘कर्णाली चलचित्र कार्यशाला’ हुने भएको छ।

गत वर्ष सुर्खेतमा गरिएको कार्यशालालाई निरन्तरता दिन लागिएको आयोजक संस्था केवी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिए। 

Hardik ivf

उनले भने, 'प्राकृतिक र भौगोलिक हिसाबले सुन्दर भएकाले पनि कर्णाली रोजाइमा परेको हो। सांस्कृति विविधताले भरिएको हुँदा कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियबजारमा पु¥याउन यस किसिमका कार्यक्रम गरिरहेका छौँ।'

पहिला सहभागी विद्यार्थीलाई अझै जानकार बनाउने र नयाँलाई सिकाउने उद्देश्यका साथ आयोजना हुने कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले ‘मास्टर क्लास’, चलचित्र निर्देशक दयाराम दाहालले चलचित्र निर्माणसम्बन्धी कक्षा, निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले लेखन र चलचित्र निर्देशनको प्रयोगात्मक सहितको कक्षा, अभिनेत्री सरिता गिरीले अभिनयसम्बन्धी प्रशिक्षण, छायाँकार पुरुषोत्तम प्रधान र निरज कँडेलले छायाङ्कनसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिने आयोजकले जानकारी दिएको छ। 

प्रकाशित मिति: १७:१२ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्