फेवातलामा डुंगा पल्टिँदा काठमाडौंका एक युवा बेपत्ता
काठमाडौं, फागुन १२ : पोखराको फेवातालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । काठमाडौंका २५ वर्षीय सुमित लुइँटेल सोमबार बेपत्ता भएको प्रहरीले जनाएक....

काठमाडौं, फागुन १२ : पोखराको फेवातालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । काठमाडौंका २५ वर्षीय सुमित लुइँटेल सोमबार बेपत्ता भएको प्रहरीले जनाएको छ।
तीन जना चढेको डुंगा पल्टिदाँ एक बेपत्ता रहेको र दुई को उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । काठमाडौंका रुपेश अधिकारी र सुविन चालिसेको उद्धार भएको हो।
चालकबिना आफैं चलाएर लगेको डुंगा खपौंदी क्षेत्रमा पल्टिएको हो । फेवातालमा डुंगा चढ्दा र चलाउँदा लाइफ ज्याकेट अनिवार्य भए पनि लुइँटेलले लाइफ ज्याकेट नलगाएको प्रहरीले जनाएको छ।
प्रहरीले फेवातालमा हराइरहेका लुइँटेलको खोजी कार्य तीब्र पारिएको जनाएको छ, डुंगा दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











