Kathmandu Press

सरकारले ९ बुँदे सहमति कार्यान्वयन नगरेकाे निर्माण व्यवसायी महासंघको गुनासो

सरकारले ९ बुँदे सहमति कार्यान्वयन नगरेकाे निर्माण व्यवसायी महासंघको गुनासो

काठमाडौं, असाेज ९ : निर्माण उद्योग व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले सरकारसँग भएको ९ बुँदे सहमति अझै कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन्। 

आज काठमाडौंमा आयोजित निजी क्षेत्रसँग नेकपा एमाले नामक अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री भ्रमणमा जानुभन्दा अगाडि नै कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ गरिएको सहमती अझै पूरा नभएको भन्दै दशैं अगाडि आईरहेको समयमा सप्लाई चेन र मजदुरहरुलाई भुक्तानी गर्न नसकेको बताए। 

Hardik ivf

उनले भने, ‘सरकारले अझसम्म पनि निमार्ण उद्योगलाई भुक्तानी नगरेको हुनाले हाम्रो सप्लाई चेनहरु अस्तव्यस्त भएको छ। सप्लाई चेनलाई, मजदुरलाई भुक्तानी गर्न सकेको छैन्। हामी आन्दोलित भयौं, सरकारसँग सहमति पनि गरौं र हाम्रो ९ बुदेँ सहमतिलाई कार्यान्वयन गर्न हामी डेढ महिनादेखि कुरिरहेका छौ। प्रधानमन्त्री भ्रमणमा जानुभन्दा अगाडि नै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो तर त्यो पूरा भएको छैन। दशैं अगाडि आइरहेको छ हामीले हाम्रो भुक्तानी गर्न सकने अवस्था छैन।’

उनले अराजक अवस्थामा मुलुक पुगेको, कर्तव्यबोध कसैले पनि नगरेको भन्दै यसले निमार्ण उद्योग एकदमै धराशयी भएको बताए। यस्तै, उनले अनावश्यक दबाब दिएर बिना बजेटको योजनाहरु कार्यान्वयन गर्न नसक्ने भन्दै म्याद थप मात्रै गरेर समस्याको समाधान नहुने बताए। 

उनले भने, हामीलाई म्याद थप मात्रै गरेर समस्याको समाधान हुँदैन। अहिले पच्चिस सय, तीन हजार योजनाको म्याद थप हुदैँ गर्दा ४ खर्बको भुक्तानी सिर्जना हुन्छ। त्यो भुक्तानी राज्यले कसरी व्यवस्था गर्छ, यो कुरा पनि याद राख्नु पर्छ। अनावश्यक दबाब दिएर बिना बजेटको योजनाहरु जुन दिनु भएको छ, म सबै राजनीतिक पार्टीहरुलाई भन्न चहान्छु ती बिना बजेटका योजनाहरु हामीले कसरी कार्यान्वयन गर्न सक्छौ।

निर्माण  उद्योगलाई मध्यममा राखेको कारणले, निमार्ण उद्योग चलायमान नभएको कारणले अहिले उद्योगहरु पनि क्षमताको ३० प्रतिशत मात्रै सञ्चालन हुन सकेको उनको भनाई छ। यस्तै, उनले सरकारले व्यवसायमा गरेको कमि कमजोरीहरुलाई सुधार गर्ने र त्यसलाई खबरदारी गर्ने काममा प्रतिपक्षले प्रमुख भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरेका छन्। 
 

प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्