Kathmandu Press

महाशिवरात्रिमा पशुपतिमा ४१ लाख रुपैयाँको विशेष पूजा

काठमाडौं, फागुन १२ : महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा ४१ लाख रुपैयाँ बराबरको विशेष पूजा गरिएको छ । देवादिदेव महादेव उत्पत्ति भएको दिनका रूपमा विश....

महाशिवरात्रिमा पशुपतिमा ४१ लाख रुपैयाँको विशेष पूजा

काठमाडौं, फागुन १२ : महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा ४१ लाख रुपैयाँ बराबरको विशेष पूजा गरिएको छ । देवादिदेव महादेव उत्पत्ति भएको दिनका रूपमा विशेष पूजा गरिने फागुन कृष्ण चतुर्दशीका दिन तीन प्रहरमा पाँच सय तीन वटा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए। 

महाशिवरात्रिका दिन विशेष पूजा गर्न चाहने भक्तजन धेरै भए पनि रात्रिकालीन समयमा मात्र अधिकांशलाई अवसर दिन सकिएको कोषले जनाएको छ । त्यस दिन बिहान २७ र दिउँसो १३ विशेष पूजा भएको थियो । बाँकी विशेष पूजा बेलुकी ८ बजे दर्शनार्थी भक्तजनको लाइन सकिएपछि गरिएको थियो । अधिकांश भक्तजनले २७ हजार र ५१ हजार रुपैयाँ बराबरको पञ्चामृत स्नानसहितको विशेष पूजाका लागि रसिद काटेका थिए । 

विसं २०६६ चैत २६ गतेदेखि पशुपतिमा हुने विशेष पूजा र भक्तजनले चढाउने भेटीघाटी दानपेटिकामा राख्न लगाई मासिकरूपमा कोषमा दाखिला गर्ने व्यवस्था गरिएको छ । वार्षिक विशेष पूजाबाट सात करोड रुपैयाँ र भेटीघाटीबापत छ करोड रुपैयाँ गरी १३ करोड रुपैयाँ उठ्ने गरेको प्रमुख लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताए । 

वार्षिकरूपमा यही कोषबाट भट्ट, भण्डारीलगायत कर्मचारी तलबलगायत चालू खर्च हुन्छ । चालू खर्च कटाएर हालसम्म २३ करोड रुपैयाँ बचत रहेको कोषले जनाएको छ।

प्रकाशित मिति: १६:३१ बजे, सोमबार, फागुन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्