Kathmandu Press

केरुङ–चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा चीनसँग सहमति

मंगलबार बिहान संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण छिटो सुरु गर्ने सहमति भएको जानकारी दिइएको हो।
केरुङ–चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा चीनसँग सहमति

काठमाडौं, असोज ९ : नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ ।

मंगलबार बिहान संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण छिटो सुरु गर्ने सहमति भएको जानकारी दिइएको हो।

Hardik ivf

‘जिलोङ-केरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने छ,’ संयुक्त वक्तव्यमा लेखिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको थियो ।

संयुक्त व्यक्तव्यमा ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारण लाइन र सम्बद्ध सबस्टेसनको विकासमा सहयोगलाई थप प्रवर्द्धन गर्दै केरुङ–रसुवागढी–चिलिमे प्रसारण लाइन बनाउने सहमति भएको उल्लेख छ।

यसमा लगानीको विषयबारे भने केही उल्लेख गरिएको छै ।

 

प्रकाशित मिति: ११:४४ बजे, मंगलबार, असोज ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्