Kathmandu Press

नेप्से ५.८९ अंकले घट्यो

सोमबार माई खोला हाइड्रोपावर, एसियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
नेप्से ५.८९ अंकले घट्यो

काठमाडौं, असोज ८ : साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ५.८९ अंकले घटेको छ। नेप्से घटेसँगै सोमबार कारोबार रकम पनि झन्डै डेढ अर्बमै खुम्चिएको छ।

सोमबार नेप्से ५.८९ अंकले घट्दै २,००४.४५ विन्दुमा रोकिएको छ। त्यस्तै, सेन्सिटिभ इन्डेक्स १.९४ अंकले घटेको छ। फ्लोट इन्डेक्स ०४२ अंक र सेन्सिटिभ फ्लोट इन्डेक्स ०७३ अंकले घटेको छ ।

Hardik ivf

कारोबारमा आएका २८४ कम्पनीको ६५ लाख १६ हजार कित्ता सेयर किनबेच भएका छन्। जसअनुसार एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आइतबारको तुलनामा सोमबार कारोबार रकममा गिरावट आएको छ। आइतबार दुई अर्बभन्दा बढीको सेयर किनबेच भएका थिए।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक घट्दा दुई उपसमूहको सूचक बढेको छ। जसमा जलविद्युत् र म्युचुअल फन्ड उपसमूहको सूचक सामान्य बढेको छ । त्यस्तै, लगानी उपसमूहको सूचक ०.९५ प्रतिशत घट्दा बाँकी अन्य उपसमूहका सूचक ०.९५ प्रतिशतभन्दा कमले घटेका छन्।

सोमबार माई खोला हाइड्रोपावर, एसियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यस्तै, शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सोमबार सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ  यसको सात करोड ६८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति: १८:४७ बजे, सोमबार, असोज ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्