Kathmandu Press

लोकतान्त्रिक व्यवस्था असफल पार्न सरकार लगिपरेको डा. महतको आरोप

नुवाकोट फाल्गुन १२ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिलेको लोकतान्त्रिक व्यवस्था असफल पार्न सरकार लागिपरेको आरोप लगाएका छन्। नुवा....

लोकतान्त्रिक व्यवस्था असफल पार्न सरकार लगिपरेको डा. महतको आरोप

नुवाकोट फाल्गुन १२ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिलेको लोकतान्त्रिक व्यवस्था असफल पार्न सरकार लागिपरेको आरोप लगाएका छन्। नुवाकोटमा रहेको नुवाकोट बहुमुखी क्याम्पसको ३४औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उनले सरकारले सम्बैधानिक निकायलाई छायामा राखेर सामाप्त पार्न खोजेको बताए । 

उनले जनताले अभिमत भ्रष्टाचार गर्न दिएको होइन भनी सरकारले बुझ्नु आवश्यक रहेको बताए । केही सत्ताधारीले कांग्रेस सकियो, देखिएन भन्ने गरेकाे टिप्पणी गर्दै उनले कांग्रेस कम्युनिष्ट जस्तो प्रचारमुखी नभएको बताए । उनले भने, 'हामी काम गर्छौ, काम गरेपछि प्रचार आफै हुन्छ भन्ने मान्यतामा बिश्वास राख्छौं।' 

उनले फरक प्रसंगमा शिक्षा जस्तो अमुल्य र दिगो सम्पत्ति अरु नभएको भन्दै आफ्नो हैसियत बढाउने सबैभन्दा ठुलो सम्पत्ति शिक्षा नै भएको जिकिर गरे।

प्रकाशित मिति: १४:४७ बजे, सोमबार, फागुन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्