Kathmandu Press

एकै दिन सात सचिवको सरुवा, खानेपानीमा दीपेन्द्रनाथ शर्मा

काठमाडौंमा, फागुन ८ : सरकारले एकै दिन सात सचिवको सरुवा गरेका छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटालाई युवा तथा....

एकै दिन सात सचिवको सरुवा, खानेपानीमा दीपेन्द्रनाथ शर्मा

काठमाडौंमा, फागुन ८ : सरकारले एकै दिन सात सचिवको सरुवा गरेका छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका मोहनकृष्ण सापकोटालाई ल्याएको छ ।

खानेपानीमन्त्री बिना मगरसँग विवाद परेपछि सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको हो । त्यस्तै, प्रधानमन्त्री कार्यालयका दीपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।

रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साल प्रधानमन्त्री कार्यालयमा र प्रधानमन्त्री कार्यालयका रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, सहसचिव सूर्य गौतमलाई सचिवमा बढुवा गरि महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ ।

 

प्रकाशित मिति: ११:५७ बजे, बुधबार, फागुन ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्