Kathmandu Press

ट्रम्पको सुरक्षा दिन पाँच लंगुर पनि !

काठमाडौं, फागुन १२ : भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि पाँच लंगुर पनि खटाइएको छ। दुई दिने भ्रमणमा रहेका राष्ट्रपति....

ट्रम्पको सुरक्षा दिन पाँच लंगुर पनि !

काठमाडौं, फागुन १२ : भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि पाँच लंगुर पनि खटाइएको छ। दुई दिने भ्रमणमा रहेका राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलिनिया ट्रम्प आग्रास्थित ताज महलमा भ्रमण गर्ने तालिका रहेको छ। आग्रामा बाँदर थुप्रै भएकाले उनीहरूसँग लड्न र सुरक्षाका लागि पाँच लंगुर खटाइएको भारतीय सञ्चार इण्डिया टुडेले जनाएको छ।

सोमबार उनलाई अहमदावाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए। 

ट्रम्पको सुरक्षाका लागि अमेरिकन सिक्रेट सर्भिस, पारामिलिटरी फोर्सका १० कम्पनी, पीएसी र एनइसजी कमान्डोको १० कम्पनीलाई खटाइएको छ।

प्रकाशित मिति: १४:३० बजे, सोमबार, फागुन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्