वेस्टर्न युनियनकाे दशैमा दश गुणा अभियान सार्वजनिक
काठमाडाैं, असाेज ७ : रेमिटेन्स कम्पनी वेस्टर्न यूनियन मनी ट्रान्सफरले दशै तिहार र छठ पर्वका अवसरमा दशैमा दश गुणा अभियान सार्वजनिक गरेको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वेस्टर्न यूनियनले यस वर्षको पर्वको उत्सवमा ग्राहकहरुको खुसी दश गुणा गर्ने लक्ष्य सहित उक्त अभियान ल्याएको जनाएको हो।
यस योजनामा सहभागी हुन ग्राहकहरुले नेपालका सवै ७७ वटै जिल्लामा रहेका वेस्टर्न यूनियन मनी ट्रान्सफर सेवाका १५ हजार बढी भुक्तानी काउन्टरहरुमध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्ने कम्पनीले जनाएको छ।
अभियान अवधिका प्रत्येक कारोवारहरु स्वत रुपमा साप्ताहिक र बम्पर ड्र मा समावेश हुनेछन्। उक्त योजना असोज ८ गतेदेखि सुरु भइ मंसिर १० गतेसम्म लागू हुने जनाइएको छ।
उक्त योजना अन्तर्गत आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकले २५ हजारसम्मको कारोबारमा दुई गुणा र सोभन्दा बढीको कारोबारमा २५ हजार रुपैयाँ पाउने छन्।
यसका साथै बम्परमा भाग्यशाली ग्राहकले एक लाखसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने पचास हजारभन्दा कम कारोबारमा निश्चित पुरस्कार पाँच लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ।
यदि विजेताको कारोबार एक लाखभन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम १० लाख रुपैयाँ प्राप्त कम्पनीले जनाएको छ।