Kathmandu Press

नेपाल चाइना बिजनेस काउन्सिल स्थापना गर्ने समझदारी

नेपाल चाइना बिजनेस काउन्सिल स्थापना गर्ने समझदारी

काठमाडौं, असोज ७ : नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) बीच नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ।

दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्द्धन गर्न उक्त काउन्सिल स्थापनाको समझदारी भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका अवसरमा यस्तो समझदारी भएको हो।

Hardik ivf

समझदारीपत्रमा सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सिसिपिआइटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गरेका छन्। समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरहरुको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल चीन दुवैका व्यावसायिक समुदायको विकासका लागि सहजीकरणमा सहजता आउने विश्वास गरिएको छ।

काउन्सिलले दुई देशबीच व्यवसायिक गतिविधिलाई सुव्यवस्थित गर्न, अनुसन्धान र अध्ययन–सम्बन्धित पहलहरू सञ्चालन गर्न, लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसरहरू सिर्जना गर्न, व्यावसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा संवादलगायतका गतिविधि गर्नेछ। काउन्सिलमा परिसंघका दुई र सिसिपिआइटीका दुई प्रतिनिधि रहनेछन्।

प्रकाशित मिति: १५:२० बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्