सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।
काठमाडौं, असाेज ६ : नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५ सय ५० रुपैयाँ थियो।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ४ सय २५ रुपैयाँ थियो।
प्रकाशित मिति: १३:२८ बजे, आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार