Kathmandu Press

आजको फलफूल तथा तरकारीको मूल्य, कसको कति ? 

जसअनुसार नेपाली गोलभेडा सानो प्रति केजी ४५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६५, काउली स्थानीय प्रति केजी ८० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ । 
आजको फलफूल तथा तरकारीको मूल्य, कसको कति ? 

काठमाडौ, असोज ७ : कालिमाटी फलफूलतथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा सानो प्रति केजी ४५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६५, काउली स्थानीय प्रति केजी ८० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ । 

Hardik ivf

बजारमा आज लोकल गाजर प्रति केजी १४०, मूला सेतो लोकल ७०, घिउ सिमी लोकल ५०, भन्टा लाम्चो १०, मकै बोडी ७०, भटमास कोशा ८०, तितो करेला ५०, लौका ४०, परवल लोकल ४०, हरियो फर्सी ३०, घिरांैला ४० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ । 

त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३००, कन्य च्याउ १४०, कुरीलो ४००, ब्रोकाउली १५०, भिण्डी ४०, रायो साग ५०, तोरीको साग २०, हरियो प्याज ९०, काँक्रो लोकल ८० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ । 

फलफूलमा आज केरा दर्जनको १५०, फूजी स्याउ २५०, अनार ३२०, अंगुर कालो ४००, तरबुजा ५०, मौसम १५०, लोकल नासपाती ८०, भारतीय मेवा ९०, आभोकाडो २०० र अम्बा १२० रुपैया ँन्यूनतम मूल्य तोकिएको छ । 
 

प्रकाशित मिति: ०८:१५ बजे, आइतबार, असोज ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्