दाङमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु, दुई घाइते

दाङ, असोज ६ : दाङमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछाने रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो साढे २ बजे स्थानीय टेकबहादुर हमालले उनीमाथि खुकुरी प्रहार गरेका थिए।
आफ्नै घरअगाडि रहेका बेला लामिछानेमाथि खुकुरी प्रहार भएको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
खुकुरी प्रहारबाट घाइते हुनेमा सोही ठाउँका ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय कमलाकुमारी हमाल छन्। उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
खुकुरी प्रहारकर्ता हमाललाई घरभित्र लुकिरहेको अवस्थामा खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १६:४० बजे, शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1764760320.jpg)