राष्ट्रपतिसमक्ष दलित आयोग प्रतिवेदन

काठमाडौं, असोज ५ : राष्ट्रिय दलित अयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शुक्रबार वार्षिक प्रतिवेदन पेश गरेको छ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति समक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १६:१४ बजे, शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












