Kathmandu Press

थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार

लगातारको वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेसँगै थापाथली क्षेत्रमा जल सतह सतर्कता तह पार गरेको हो।
थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार

काठमाडौं, असाेज ९ : काठमाडौंको थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार गरेको छ।

लगातारको वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेसँगै थापाथली क्षेत्रमा जल सतह सतर्कता तह पार गरेको हो।

नदी किनार आसपासका क्षेत्रमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षा अझै जारी रहेकाले बागमती नदीको जल सतह थप बढ्न सक्ने सम्भावना रहेको भन्दै नदी किनारमा नजान र सुरक्षित रहन आग्रह गरिएको छ।

प्रकाशित मिति: १४:५४ बजे, शुक्रबार, असोज ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्