एसियन गेम्समा नेपाली महिला फुटबल टिम भियतनामसँग पराजित
एसियन गेम्समा डेब्यू गरेको नेपाली टिम बलियो भियतनामसँग २–०ले पराजित भयो।
काठमाडाैं, असाेज ५ : एसियन गेम्सको यात्रा नेपाली महिला फुटबल टिमले हारबाट गरेको छ। एसियन गेम्समा डेब्यू गरेको नेपाली टिम बलियो भियतनामसँग २–०ले पराजित भयो।
भियतनाम अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको महिला विश्वकप खेलेको थियो। बलियो भियतनामलाई नेपालले पहिलो हाफ गोलरहित बराबरीमा रोकेको थियो।
तर, दोस्रो हाफमा भने नेपालले भियतनामलाई रोक्न सकेन। ५३ औं मिनेटमा फाम हाइ एनले गोल गर्दै भियतनामलाई अग्रता दिलाइन्। ६३औं मिनेटमा थि बीच थुइले गोल गर्दै भियतनामको अग्रता दोब्बर बनाइन्।
भियतनामविरुद्ध डिफेन्सिभ खेलको राम्रो पदर्शन गरेका छथियो । प्रशिक्षक बालगोपाल महर्जनले ५ डिफेन्डर मैदान उतारेका थिए। यता, मिडफिल्डर सरु लिम्बू घाइते हुँदै पहिलो हाफमै मैदान छोड्न बाध्य भइन्। ०औं मिनेटमा बल खोस्ने प्रयासमा उनको घुँडामा चोट लागेको थियो।
समूह डीमा रहेको नेपालले दोस्रो खेल विश्वकपको पूर्वविजेता जापानसँग खेल्ने छ भने समूहको अन्तिम खेल बंगलादेशसँग बिहीबार खेल्ने छ।











