बेथानचोक माविस्तरीय हाजिरी जवाफमा पार्वती प्रथम
काभ्रे, असोज ३ : संविधान दिवसको अवसरमा बेथानचोक गाँउपालिका वडा नं. २ र हातेमालो युवा समाजको संयुक्त आयोजनामा भएको माध्यमिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगितामा पार्वती मावि ढुंखर्क प्रथम भएको छ।
डिजिटल प्रविधिको प्रयोगसहित संचालित प्रतियोगितामा भैरव मावि झिंगे दोस्रो भएको छ भने कालिका मावि, पाटीखर्क तेस्रो भएको छ। प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटै माध्यमिक विद्यालयहरुको सभागीता थियो ।
कार्यक्रममा बेथानचोकको साविक ढुंखर्क गाविसमा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गरेका डा. बलराम तिमल्सिना, चिनको हुवाई मिन्जु युनिभर्सिटीबाट एमबिबिएस गर्ने सजना वाईबा र त्रिभुवन विश्वविद्यालयबाट एमबिबिएस गर्ने शैलेष दाहाललाई बेथानचोक शैक्षिक उच्चता सम्मान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकास्तरमा हुने गरेका प्रतिस्पर्धात्मक विभिन्न प्रतियोगिताले विद्यार्थीहरुमा क्षमता र सीपमा बढोत्तर हुने भएकाले यस प्रकारका गतिविधिमा गाउँपालिकाले लगानी गर्दै लैजाने बताए।
किताबको सिमित दायरा मात्र ज्ञान नभई किताब बाहिर अझ धेरै विषयवस्तु हुने भन्दै उहाँले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पर्याप्त लगानी र त्यसको चुस्त व्यवस्थापन पहिलो सर्त भएको उल्लेख गरे। गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिसकेको र पाठ्यावस्तु वाहिर पनि विद्यार्थीहरुको चौतर्फी विकासका लागि घुम्ती शिक्षकबाट शिक्षा दिइएको बर्ताए।
सम्मानित डा. तिमल्सिनाले आफ्नो क्षेत्रका लागि आर्जिक ज्ञान, सीपले सजाउने प्रतिवद्धता व्यक्त गर्दै आयोजक संस्था हातेमालो युवा समाजले सबै माझ साक्षात्कार हुने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे।
कार्यक्रमकमा वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले वडाभित्र रहेका विभिन्न संघसंस्थासँग हातेमालो गर्दैकार्य गर्दै जाने बताए। उनले वडाका शिक्षा, स्वास्थ्य, वाताववरण सरसफाई लगायतका सामाजिक तथा समुदायिक उत्तरदायित्व बहन गर्न वडाले संघसंस्थासँग मिलेर कार्य गर्दै आइरहेको र भावी दिनहरुमा पनि यसलाई उत्साहका साथ निरन्तरता दिँदै जाने उल्लेख गरे।
यसतै, आयोजक संस्थाका अध्यक्ष सन्तोष तिमल्सिनाले आफ्नो समाज र समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासमा संगठित भई कार्य गर्न आवश्यक रहेको बताए।
उनले युवाहरु मिलेर जन्मभूमिको विकास र समृद्धिका लागि केही गरौं भन्ने नवीन सोच, नयाँ जोस र ऊर्जाका साथ समाजको चौतर्फी विकास, सामाजिक न्याय र परिवर्तनका लागि सबैसँग मिलेर कार्य गर्दै जाने बताए।