Kathmandu Press

अर्थतन्त्रका चुनौती समाधान गरेरै छाड्ने नवनियुक्त अर्थसचिवकाे अठोट

अर्थतन्त्रका चुनौती समाधान गरेरै छाड्ने नवनियुक्त अर्थसचिवकाे अठोट

काठमाडाैं, असाेज ४ : नवनियुक्त अर्थसचिव डा. कृष्णहरि पुस्करले राज्यका अगाडि देखिएका अर्थतन्त्रका चुनौती समाधान गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्।

बिहीबार सिंहदरबारमा पदभार सम्हालेपछि कर्मचारीलाई निर्देशन दिदै सचिव पुस्करले राज्यका अगाडि देखिएका चुनौतीलाई जसरी पनि समाधान गर्ने अठोट व्यक्त गरेका छन्।

उहाले अहिले आर्थिक स्थायित्व कायम गर्ने, राजस्व घाटा कम गर्ने, सार्वजनिक ऋणको व्यवस्थापन लगायतका विषय चुनौतीपूर्ण रहेको जिकिर गरे। सचिव पुस्करले विभिन्न विषयमा देखिएका चूनौतिहरुलाई सबै सरोकारवाला मिलेर व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

अर्थसचिव पुस्करले यसअघि पनि राजस्व सचिव र अर्थ सचिवका रुपमा काम गरिसकेका छन्।

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्