Kathmandu Press

नवजात शिशु बिक्री प्रकरणमा अस्पताल सञ्चालक पक्राउ

कर्णले भोजपुरको हतुवागढी गाउँपालिकाकी २६ वर्षीया अविवाहित महिलाबाट जन्मिएको एक दिनको शिशु पाँच लाख रुपैयाँमा बेचेको अनुसन्धानबाट खुलेको छ।
नवजात शिशु बिक्री प्रकरणमा अस्पताल सञ्चालक पक्राउ

विराटनगर, असाेज ४ : नवजात शिशु बिक्री गरेको घटनाका सम्बन्धमा अनुसन्धान गर्न विराटनगरस्थित ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई प्रहरीले पक्राउ गरेको छ।

नवजात शिशु बिक्री प्रकरणमा हस्पिटलबाट संस्थागत त्रुटि भएको अनुसन्धानबाट खुलेपछि खवासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

Hardik ivf

यो प्रकरणमा पक्राउ पर्नेको संख्या डा. तपेश्वरलाल कर्णसहित ७ पुगेको छ। कर्णले भोजपुरको हतुवागढी गाउँपालिकाकी २६ वर्षीया अविवाहित महिलाबाट जन्मिएको एक दिनको शिशु पाँच लाख रुपैयाँमा बेचेको अनुसन्धानबाट खुलेको छ।

उनले असार १४ मा ५ लाख रुपैयाँ लिएर मोरङको कटहरी गाउँपालिका २ की मनमाया राजवंशीलाई शिशु बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका ६८ वर्षीय डा. कर्णसहित ७ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने तयारी अगाडि बढाएको छ।

प्रहरीले संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार र व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
 

प्रकाशित मिति: १५:३९ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्