Kathmandu Press

सभापतिलाई लागेको आरोपको काभ्रे कांग्रेसले कानुनी उपचार खोज्ने, राजनीतिक प्रतिवाद गर्ने 

झुठा आरोप र समाचारको शसक्त प्रतिवाद गर्न नेपाली कांग्रेस काभ्रेको सम्पूर्ण पार्टी सदस्यहरुलाई निर्देशन दिने समेत निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
सभापतिलाई लागेको आरोपको काभ्रे कांग्रेसले कानुनी उपचार खोज्ने, राजनीतिक प्रतिवाद गर्ने 

बनेपा, असाेज २ : नेपाली कांग्रेस काभ्रेले पार्टी सभापति तीर्थबहादुर लामालाई लगाइएको निराधार आरोपको कानूनी उपचार खोज्ने निर्णय गरेको छ।

मंगलबार बसेको जिल्ला कार्यसमिति बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाको चरित्र हत्या गर्ने र मानमर्दन गर्ने उद्देश्यका साथ सुनियोजित तवरले प्रकाशन र प्रचार भएको ठहर गर्दै उक्त आरोपको राजनीतिक रुपमा प्रतिवाद गर्ने जिल्ला प्रवक्ता सन्तमान तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

Hardik ivf

२०८० भाद्र २५ गते काठमाडौंमा सुन बरामद भएको घटनासँग जोडेर केहि सञ्चार माध्यमहरुमा प्रकाशित समाचार नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैठक पार्टीको बदनाम गर्ने, सभापतिको चरित्र हत्या गर्ने, सामाजिक मर्यादामा आँच पुर्‍याउने दुषित मनसायका साथ प्रकाशित त्यस्ता झुठा र आधारहीन समाचारप्रति पार्टी सभापति लामाले खण्डन गरिसकेको, पार्टीको तर्फबाट पनि निन्दा एवं खण्डन गरिसकेको र काठमाडौ प्रहरी परिसरले समेत उक्त घटनामा लामाको कुनै संलग्नताको आधार नरहेको स्पष्ट पारीसकेको सन्दर्भमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेको बैठकले यस्ता झुटा, कपोलकल्पित र निराधार आरोपको सम्पूर्ण ढंगले राजनीतिक प्र्रतिवाद गर्ने, कानूनी उपचार खोज्ने निर्णय गरेको हो।

झुठा आरोप र समाचारको शसक्त प्रतिवाद गर्न नेपाली कांग्रेस काभ्रेको सम्पूर्ण पार्टी सदस्यहरुलाई निर्देशन दिने समेत निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

379301503_2791068531048823_3379118837471085842_n1695123638.jpg

प्रकाशित मिति: १७:२१ बजे, मंगलबार, असोज २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्