Kathmandu Press

पोखरामा यतीको रात्रि उडान सुरु

यतीले आइतबारदेखि काठमाडौं–पोखरा–काठमाडौं रुटमा रात्रि उडान सुरु गरेको हो ।
पोखरामा यतीको रात्रि उडान सुरु
Hardik ivf

काठमाडौं, असोज २ : यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि उडान सुरु गरेको छ। यतीले आइतबारदेखि काठमाडौं–पोखरा–काठमाडौं रुटमा रात्रि उडान सुरु गरेको हो ।

पाँचवटा एटिआर ७२ जहाज रहेको यतीले हाल पोखरामा दैनिक ६ उडान गरिरहेको छ। रात्रि उडान गर्ने यात्रुको संख्या बढ्दै गएमा उडान संख्यासमेत बढाउँदै लैजाने कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

१७ पुसमा ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको विमानस्थलमा ११ फागनुमा इन्स्टु«मेन्ट फ्लाइट रुल्स लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो। विमानस्थलमा १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको थियो ।

प्रकाशित मिति: १२:४३ बजे, मंगलबार, असोज २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्