क्यानेडियन कूटनीतिज्ञलाई भारतले देश निकाला गर्यो, भारत छोड्न पाँच दिनको म्याद
सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात क्यानडाले भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको केही घण्टामै भारतले पनि क्यानडाका कूटनीतिज्ञलाई देश निकाल गरेको हो।
काठमाडौं, असोज २ : भारत र क्यानडाबीचकाे विवाद चरमाेत्कर्षमा पुगेकाे छ। भारतले क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेको छ।
सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात क्यानडाले भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको केही घण्टामै भारतले पनि क्यानडाका कूटनीतिज्ञलाई देश निकाल गरेको हो।
‘भारतले क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारत सरकारको यो निर्णयबारे जानकारी गराइएको छ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले जारी गरेको विज्ञप्ति भनिएको छ।
विदेश मन्त्रालयले सम्बन्धित कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनेको छ।
यसअघि भारतीय विदेश मन्त्रालयले भारतस्थित क्यानाडाली उच्चायुक्तलाई बोलाएको थियो। केही समयअघि क्यानडाका उच्चायुक्त क्यामरुन म्याकी नयाँ दिल्लीको साउथ ब्लकस्थित विदेश मन्त्रालयको मुख्यालय पुगेका थिए। केही मिनेटको भेटपछि क्यामरुन म्याकी विदेश मन्त्रालयबाट बाहिरिएका थिए।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन्। उनले क्यानडामा क्यानेडियन नागरिकको हत्यामा विदेशी सरकारको हात हुनु अस्वीकार्य भएको बताएका थिए।
यस्तै, विदेश मन्त्रालयले मेलानी जोलीले सोमबार यही प्रकरणको अनुसन्धानका लागि भारतीय कूटनीतिज्ञ पवनकुमार राईलाई निष्कासन गरेकी गरिएको बताएकी थिइन्।
भारतीय विदेश मन्त्रालयले यो आरोपलाई अस्वीकार गरेको छ। ‘क्यानडाका प्रधानमन्त्रीले आफ्नो संसद्मा दिएको भनाइ र उहाँको विदेशमन्त्रीको भनाइलाई अस्वीकार गर्छौं। क्यानाडामा हुने कुनै पनि हिंसात्मक कार्यमा भारत सरकारको संलग्नताको आरोप बेतुकका छन्,’ भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
भारतले यो मुद्दामा क्यानाडा सरकारको निष्क्रियता लामो समयदेखि चिन्ताको विषय भएको बताएको छ।




-(20)-1765017435.jpeg)







-1763799581.jpg)