Kathmandu Press

वीरगञ्जमा डेंगी नियन्त्रणका लागि ‘खोज र नष्ट अभियान गर’ अभियान

पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा डेंगी संक्रमण बढ्दै गएपछि महानगरपालिकाले डेंगी सार्ने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो।
वीरगञ्जमा डेंगी नियन्त्रणका लागि ‘खोज र नष्ट अभियान गर’ अभियान

पर्सा, असोज १ : बढ्दो डेंगी संक्रमणलाई दृष्टिगत गरी वीरगञ्ज महानगरपालिकाले ‘खोज र नष्ट अभियान गर’अभियान सुरु गरेको छ।

पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा डेंगी संक्रमण बढ्दै गएपछि महानगरपालिकाले डेंगी सार्ने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो।

Hardik ivf

अभियानका क्रममा महानगरपालिकाले डेंगी संक्रमणका लागि विभिन्न स्थानमा जमेका पानी सफा गर्ने, स्प्रे गर्ने र वीरगञ्ज भित्रिने यात्रुवाहक बसदेखि अन्य सवारी साधनमा स्प्रे गर्न थालेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुद्दीन मियाँले जानकारी दिए।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा गत भदौ २६ गतेदेखि सुरु भएको अभियानकै क्रममा लामखुट्टे र लार्भा नष्ट गर्न अहिलेसम्म एक सय २० भन्दा बढी सवारी साधन र पानी जमेको स्थानमा स्प्रे गरिएको उनले बताए। अभियानका लागि महानगरको स्वास्थ्य महाशाखा, सरसफाइ शाखा र नगर प्रहरीको टोली परिचालन गरिएको छ।

यात्रुवाहक बसका साथै वीरगञ्जको बाइपास सडकस्थित बोलबम पेट्रोल पम्पदेखि नरसिंह माविसम्म रहेका टायर पसलमा राखिएका पाँच सय ६३ वटा टायरभित्र जमेको पानीमा रहेका लामखुट्टेको लार्भा नष्ट पनि गरिएको प्रमुख मियाँले जानकारी दिए।

मानिसको अत्यधिक भीडभाड हुने सार्वजनिक स्थानमा पनि कीटनाशक औषधी स्प्रे गर्ने क्रमलाई महानगरले निरन्तरता दिएको उनले बताए।

प्रकाशित मिति: २०:२९ बजे, सोमबार, असोज १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्