टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
काठमाडौं, फागुन ११ : टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्....

काठमाडौं, फागुन ११ : टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ।
टर्की र ग्रिसमा आकर्षक तलब दिने प्रलोभनमा पारेर उनले विभिन्न समयमा ३२ जनासँग ३९ लाख ५६ हजार रुपैयाँ ठगी गरेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पैसा लिएर फरार भएका पोखरेललाई महाशाखाको टोलीले काठमाडौंको टेकुबाट पक्राउ गरेको हो।
आवश्यक अनुसन्धानपछि उनलाई थप कारवाहीका लागि आज वैदेशिक रोजगार विभागमा बुझाइएको महाशाखाले जनाएको छ । पोखरेलविरुद्ध गोपीराम पराजुलीले माग १२ गते दिएको ठगीको उजुरीको आधारमा पक्राउ गरिएको महाशाखाले जनाएको छ।











