Kathmandu Press

सुदूरपश्चिम प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन

धनगढी, फागुन ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरेका छन् ।

प्रदेशसभालाई सम्बोन गर्दै प्रधामन्त्री ओलीले जनप....

सुदूरपश्चिम प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन

धनगढी, फागुन ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरेका छन् ।

प्रदेशसभालाई सम्बोन गर्दै प्रधामन्त्री ओलीले जनप्रतिनिधले उछृंखलता देखाउन नहुने बताए । उनले जनताको खुट्टा ढोगेर भोट मागेको स्मरण गराउँदै जनप्रतिनिधिले जनताको भावना अनुसार चल्नु पर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रदेशसभामा जनताको आकांक्षा प्रतिबिम्बित हुनु पर्ने बताउँदै प्रधानमन्त्रीले भने, “जनप्रतिनिधि सम्भ र परिस्कृत हुनुपर्छ । जनता र देशप्रति समर्पित हुनुपर्छ ।”

प्रदेशलाई अगाडि बढाउनु जनप्रतिनिधिले दृढ भएर लाग्नु पर्ने बताए । उनले सुदूरपश्चिमको विकासका लागि दत्तचित्त भएर लाग्न आग्रह गरे ।

 

प्रकाशित मिति: १०:५७ बजे, बुधबार, फागुन ८, २०७५